रसुवा भोटेकोसी बाढीमा मृतकको संख्या १,३४४ पुग्यो

काठमाडौं । रसुवा भोटेकोसी बाढीमा परी हालसम्म एक हजार ३४४ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीका अनुसार, भदौ २० गते बिहान ५ बजेसम्म बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या एक हजार ३४४ पुगेको छ । ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष र ५०१ आंशिक अंग फेला परेको प्रहरीले बताएको छ । हालसम्म एक हजार ३० शव व्यवस्थापन गरिएको छ । एक हजार २६० मृतकको डीएनए संकलन गरिएको छ । ९७२ मृतकका आफन्तको डीएनए संकलन गरिएको प्रहरीले जानकारी दिएको छ । चार हजार ८९८ जना बेपत्ता रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *