आज संविधान दिवस,विविध कार्यक्रम गरी मनाइँदै
काठमाण्डौं । आज संविधान दिवस मनाइँदैछ। आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ। नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो। मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि नेपालको संविधान, २०७२ जारी गरेको थियो। विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए। त्यसयता असोज ३ लाई संविधान दिवसका रूपमा मनाइँदै आएको छ। यस दिवसमा सरकारले टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह राख्दै आएको छ।
















