एनएमबि बैंकको लाभांश घोषणा
काठमाडौं । एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट हाल कायम चुक्ता पुँजी १९ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँको करसहित ७ प्रतिशतका दरले १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । यस्तै, ३ अर्ब रुपैयाँ एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशतका दरले १२ करोड २० लाख ५४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव प्रमोद कुमार दाहालले जानकारी दिए ।
















