कान्ति राजमार्गमा राति सवारी आवागमन बन्द

हेटौँडा । बंगालको खाडीमा बनेको अर्नब चक्रवातका कारण मकवानपुरसहितका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कान्ति राजमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै बिहीबार (कात्तिक १२)देखि निरन्तर वर्षा भइरहेकाले सडक तथा राजमार्गमा बाढी र पहिरोको उच्च जोखिम रहेको जनाएको छ । सम्भावित बाढी तथा पहिरोबाट हुन सक्ने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले कात्तिक १३ गते साँझ ५ देखि १४ गते बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले उक्त अवधिमा सवारीसाधन सञ्चालन नगर्न तथा यात्रा नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । वर्षाका कारण सडकमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय गरेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *