एभरेष्ट बैंकको पहिलो त्रैमासिक नतिजा उत्साहजनक
काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (असोज मसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा लोभलाग्दो सुधार देखिएको हो । तीन महिनाको अवधिमा बैंकले १ अर्ब २५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्ष २०८२।८३ को सोही अवधिको तुलनामा ६.२३ प्रतिशतको वृद्धि हो । गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ रहेको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी भने २.९१ प्रतिशतले २ अर्ब ३७ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको उक्त आम्दानी २ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।
यता, बैंकको सञ्चालन नाफा पनि १ अर्ब ६८ करोड रुपैयाँबाट बढेर १ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । केहि समान्य सुधार देखिएको हो । यसैगरी, बैंकको वितरणयोग्य मुनाफा गत वर्षको सोही अवधिमा ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ रहेकोमा हाल ३ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ। समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३४.७८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४३.०१ रुपैयाँ रहेको छ। यस्तै बैंकको कर्जा प्रवाह र निक्षेप संकलन दुवैमा वृद्धि देखिएको छ। गत आर्थिक वर्षको अन्त्य (असार मसान्त) सम्म ३ खर्ब १६ अर्ब १ करोड ८५ लाख ७७ हजार रुपैयाँ रहेको कुल निक्षेप संकलन ६.५२ प्रतिशतले बढेर असोज मसान्तसम्म ३ खर्ब ३६ अर्ब ६२ करोड ८० लाख ५ हजार रुपैयाँ पुगेको छ। खराब कर्जा समेत घटाउन सफल भएको छ। ०.७४ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ०.५० प्रतिशत कायम भएको हो ।

















