महालक्ष्मी विकास बैंकका ग्राहकलाई दराजको ११.११ मा २० प्रतिशतसम्म छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानअन्तर्गत ग्राहकलाई विशेष छुट तथा सुविधा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । बैंकले आफ्ना डिजिटल बैंकिङ सुविधालाई थप विस्तार गर्ने उद्देश्यले दराज नेपालसँग सहकार्य गरेको जनाएको छ । यस सहकार्यअन्तर्गत २०८३ कात्तिक १५ देखि २५ गतेसम्म महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्ने ग्राहकले विशेष छुट प्राप्त गर्न सक्नेछन् । योजनाअनुसार डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकमको १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाइनेछ ।

त्यस्तै, क्रेडिट कार्डबाट भुक्तानी गर्दा खरिद रकमको २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट उपलब्ध हुनेछ । उक्त छुट प्राप्त गर्न ग्राहकले दराजबाट भौचर संकलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकलाई पहिलो आउनेलाई प्राथमिकता दिँदै छुट प्रदान गरिने बैंकले जनाएको छ । यस प्रकारको सहकार्यले ग्राहकसँग डिजिटल माध्यमबाट जोडिन, भुक्तानी प्रक्रियालाई सहज बनाउन तथा डिजिटल नवप्रवर्तनमार्फत ग्राहक सन्तुष्टि अभिवृद्धि गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *