सांग्रिला डेभलपमेन्ट बैंकद्वारा चेपाङ समुदायका १३० विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मकवानपुरको मनहरी गाउँपालिका–४, चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३० जना विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत हेटौंडा शाखाको पहलमा विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट तथा विभिन्न शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रममा बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, हेटौंडा शाखा प्रबन्धक बिनेश कार्कीलगायत बैंकका कर्मचारी तथा विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो ।

विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री उपलब्ध गराउँदा उनीहरूको सिकाइ प्रक्रियामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकिङ सेवा प्रवाहसँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै समुदायको आवश्यकता, शिक्षा तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले विभिन्न सामाजिक कार्य गर्दै आएको बैंकले जनाएको छ । हाल बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीका उत्कृष्ट अभ्यासलाई पालना गर्दै आगामी दिनमा सेवा विस्तारलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *