शिवम् सिमेन्टले पावरलिफ्टिङ खेलाडी मनोज श्रेष्ठलाई प्रायोजन गर्ने
काठमाडौँ । नेपालका पावरलिफ्टिङ क्षेत्रमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि नेपालको अग्रणी उद्योग शिवम् सिमेन्टले आगामी खेलहरुको लागि सहकार्य गर्ने भएको छ । सन् २०१७ देखि निरन्तर पावरलिफ्टिङ क्षेत्रमा सक्रिय मनोज श्रेष्ठले विभिन्न प्रतिष्ठित प्रतियोगिताहरूमा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आइरहेका छन् । गत वर्ष सम्पन्न अन्तराष्ट्रिय World Powerlifting Championship-2025 मा स्वर्ण पदक जित्नुका साथै प्रतियोगिताका क्रममा मनोज श्रेष्ठले उच्च तौलसहित स्क्वाट तथा डेडलिफ्टमा प्रभावशाली प्रदर्शन गरेका थिए । नेपालको झण्डासहित अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्दै उनले अनुशासन, आत्मविश्वास र अथक मेहनतको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् । सन् २०१७ देखि २०२५ सम्म मनोज श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उल्लेखनीय सफलता हासिल गरेका छन् । उनका प्रमुख उपलब्धिहरूमध्येः
World Powerlifting Championship 2025 — Gold Medal, NYFC Classic 2024 — Gold Medal, 1st Valley Level Open Powerlifting Championship 2024 — Gold Medal, Bench Press Record — 180 KG, Powerlifting Total Record — 781 KG, Dubai National Record tyf jleGg k|ltof]lutfx¿df Under 83kg b]lv Men’s 120kg Powerlifting Classसम्म उत्कृष्ट प्रदर्शन गर्नुका साथै Nepali Youth Fitness and Calisthenics (NYFC) द्वारा आयोजित विभिन्न प्रतियोगिताहरूमा निरन्तर सफलता हाँसिल गर्दै आईरहेको छन् । मनोज श्रेष्ठको निरन्तर मेहनत, अनुशासन र स्ट्रेन्थलाई सम्मान गर्दै शिवम् सिमेन्टले उनलाई आगामी खेल यात्राका अझ सहज उत्कृष्ट होस् भन्ने अभिप्रायले प्रायोजन गर्न लागिएको जनाएको छ । आफ्नो पहिचान बनाएको शिवम् सिमेन्टले मनोज श्रेष्ठको शक्ति, आत्मविश्वास र दृढतालाई आफ्नै ब्रान्डको मजबुतीसँग जोडेर हेरेको कम्पनीको भनाइ छ । शिवम् सिमेन्टले यसअघि पनि भलिबल, फुटबल, क्रिकेट, म्याराथुन लगायत विभिन्न खेलकुद गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै नेपाली खेलकुद क्षेत्रको विकासमा आफ्नो महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । खेलकुदमार्फत युवामा ऊर्जा, अनुशासन र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित शिवम् सिमेन्ट सधैं खेल र खेलाडीको साथमा उभिएको छ ।


















