संस्कार एकेडेमीको तीनदिने आवासीय पाठ्यक्रम सम्पन्न, ९४ जना दीक्षित

काठमाडौं । संस्कार एकेडेमीको आयोजनामा तीनदिने आवासीय ‘व्यावसायिक वास्तु परामर्शदाता प्रशिक्षण पाठ्यक्रम’ धुलिखेलस्थित होटल सारथीमा मंसिर ११ देखि १३ गतेसम्म सम्पन्न भएको छ । नेपालकै ठूलो तथा पहिलो व्यावहारिक वास्तु प्रशिक्षण कार्यक्रमका रूपमा आयोजित यस पाठ्यक्रममा संस्कार एकेडेमीको अनलाइन प्रशिक्षणको १८औँ तथा प्रत्यक्ष प्रशिक्षणको नवौँ ब्याचका गरी कुल ९४ जना सहभागी दीक्षित भएका छन् । सहभागीहरूले सात दिनको अनलाइन अध्ययन, ५२ दिनको अध्ययन तथा तीनदिने प्रत्यक्ष प्रशिक्षण पूरा गरेका थिए। प्रशिक्षणपछि उनीहरू कुनै पनि आवासीय, व्यावसायिक तथा औद्योगिक भवनको वास्तु परीक्षण र विश्लेषण गर्न सक्षम भएको एकेडेमीले जनाएको छ । कार्यक्रममा इन्जिनियरिङका विद्यार्थी तथा प्राध्यापकहरूको उल्लेख्य सहभागिता रहेको थियो भने विभिन्न चिकित्सकहरूको समेत उपस्थिति थियो । प्रशिक्षणमा एल रड डाउजिङ, पेन्डुलम डाउजिङ, पाँच तत्व तथा १६ दिशाको सन्तुलन, ३२ प्रवेशद्वारको उपचार, पिरामिड स्थापना, मेटल तथा क्रिस्टल उपचार, एडभान्स ग्रिडिङ र भर्चुअल सर्जरीलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । यसै क्रममा नेपालमा पहिलो पटक लेचर एन्टेना र औरा स्क्यानर सम्बन्धी विशेष प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो । एकेडेमीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एवं मुख्य प्रशिक्षक आचार्य राजबाबु शाहले नेपाली वास्तु परामर्शदातालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने र दक्ष व्यावसायिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको बताउनुभयो ।

एकेडेमीले नेपालको पहिलो व्यावसायिक वास्तु सफ्टवेयर ‘संस्कार वास्तु’ समेत सार्वजनिक गरेको छ । यसमार्फत १६ दिशा, ३२ प्रवेशद्वार, ४५ वास्तु देवता ऊर्जा क्षेत्र तथा मर्मस्थानको विश्लेषण गरी व्यावसायिक प्रतिवेदन तयार गर्न सकिन्छ । ब्राउजरबाटै प्रयोग गर्न सकिने यस सफ्टवेयरका लागि छुट्टै एप्लिकेसन आवश्यक पर्दैन । कार्यक्रममा उपस्थित इन्जिनियरहरूले वास्तु एप्लिकेसनको प्राविधिक महत्त्व र उपयोगिताबारे सकारात्मक धारणा व्यक्त गरेका थिए । उनीहरूका अनुसार नयाँ वास्तु एप्लिकेसनको सहायताले पहिले सात दिनसम्म लाग्ने काम अब करिब ४५ मिनेटमै सम्पन्न गर्न सकिन्छ। यसले समयको बचत गर्नुका साथै कामलाई छिटो, सहज र प्रभावकारी बनाएको उनीहरूको भनाइ थियो । संस्कार एकेडेमीले आफूलाई नेपालको पहिलो ISO Certified Institute का रूपमा परिचित गराउँदै वास्तुशास्त्र तथा आधुनिक अंकशास्त्रसम्बन्धी अध्ययन, अनुसन्धान, प्रशिक्षण र व्यावसायिक परामर्शका क्षेत्रमा काम गर्दै आएको जनाएको छ । दक्ष विशेषज्ञ उत्पादन गरी नेपाली वास्तु परामर्शदातालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने एकेडेमीको लक्ष्य रहेको छ ।
थप जानकारीका लागिः
वेबसाइटः www.SanskarAcademy.net
सफ्टवेयरः www.SanskarVastu.com

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *