प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्स् विच सम्झौता

काठमाडौँ । प्रभु बैंक लि. र फोकसवान पेमेण्ट सोलुसन्स् प्रा.लि. का विच प्रभु बैंकका ग्राहकहरुलाई मोको डिजिटल वालेट मार्पmत् विद्यूतीय भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । प्रभु बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र फोकसवान पेमेण्ट सोलुसन्स् प्रा.लि. को तर्पmबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उक्त सम्झौता बमोजिम भिषा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने बैंकका ग्राहकहरुले फोकसवान पेमेन्ट सोलुसन्स्द्धारा प्रवद्र्धित मोको डिजिटलवालेटमा नेपाल ईलेक्टोनिक पेमेन्ट सिस्टमको सहकार्यमा आफ्नो भिषा डेबिट तथा क्रेडिट कार्ड लिङ्क गरी उक्त भिषा डेबिट तथा क्रेडिट कार्डबाट युटिलिटी विल तिर्न, वस्तु तथा सेवा खरिद बापतको बिल भुक्तानी गर्न, हवाई टिकट खरिद गर्न तथा मोवाईल टपअप लगायतका विद्यूतीय भुक्तानी सम्बन्धी सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन् । साथै,कार्डमाआधारित स्क्यान मार्फत पे क्युआर कोड को माध्यमबाटपनि भुक्तानी गर्न सकिने ब्यबस्था रहेको छ । मोको डिजिटल वालेटमार्पmत् हुने बैंकिङ्ग कारोबार सरल सुरक्षित र भरपर्दो मानिएको छ । प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्स् प्रा.लि. विच सम्पन्न उक्त सम्झौता पश्चात् नेपालको बैंकिङ्ग क्षेत्रमा विद्यूतीय माध्यममार्पmत् हुने भुक्तानीको दायरा फराकिलो हुने र प्रभु बैंकका भिषा कार्डबाहक ग्राहकहरुले यो सुविधा उपभोग गरी अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *