जसपाबाट वावुराम भट्टराईसहित ९ जना निश्कासित

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईसहित नौ जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

वीरगञ्जमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईसँगै कार्यकारिणी सदस्य महेन्द्रराय यादव, हिसिला यमी, गङ्गानारायण श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाही र केन्द्रीय सदस्यहरू रमेश यादव र दानबहादुर चौधरीलाई निश्कासन गरेको हो ।

जसपाले संघीय परिषद्को अध्यक्षबाट बाबुराम भट्टराईलाई हटाएपछि अशोक राईलाई मनोनीत गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *