२०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने
काठमाडौँ । सरकारले सन् २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा पर्यटन क्षेत्रको ‘रिकोभरी प्लान’ ल्याउने निर्णय अनुसार कार्ययोजना सार्वजनिक गरे । ७३ बुँदे कार्ययोजना प्रस्तुत गर्दै उनले भने ‘विगतमा नेपालले भ्रमण वर्ष भनेर पर्यटन प्रवद्र्धनको काम गर्ने गरेको थियो ।
तर यो वर्षबाट हामीले दशकलाई नै पर्यटन वर्ष मनाउनेगरी पर्यटन दशक भनेर मनाउने सोच अगाडि बढाएका छौं । यो पर्यटन प्रवद्धधन, पर्यटन विकासको अभियान हो । एक दिनमा वा एक वर्षमा कार्य सम्पन्न हुने कुरा होइन । निरन्तर रुपमा हामीले लैजानुपर्छ । मन्त्री श्रेष्ठले सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउनेगरी काम गर्ने तयारी गरेको बताए । नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभई सरकारको कार्ययोजना भएको उनले बताए । भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक रहेको उनको भनाइ छ ।