रिलायबल लाइफले बढायो बोनसदर


काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६÷७७ को तुलनामा बोनस दर बढाएको छ । इन्स्योरेन्सले मुनाफामा सरिक हुने (बोनस आर्जन) गर्ने गरी जारी गरिएका जीवन बीमालेखहरूअन्तर्गत आव २०७७÷७८ का लागि प्रतिहजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनसदर दिने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात बीमितलाई दिने बोनसदर सार्वजनिक गरेको हो । आव २०७६÷०७७ मा इन्स्योरेन्सले प्रतिहजार न्यूनतम १३ रूपैयाँ र अधिकतम ७० रूपैयाँ बोनसदर कायम गरेको थियो । कम्पनीले रिलायबल सावधिक जीवन बीमालेखअन्तर्गत बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रूपैयाँ बोनसदर कायम गरेको छ ।
यस बीमा योजनामा २० वा सो भन्दा माथि बीमा अवधिका लागि ७५ रूपैयाँ बोनसदर कायम गरिएको कम्पनीले जानकारी दिएको छ । लघु सावधिक जीवन बीमालेखमा सबै बीमा अवधिहरूका लागि कम्पनीले प्रति हजार ३० रूपैयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीको रिलायबल सजिलो जीवन बीमा (एकल तथा सीमित अवधि भुक्तानी) अन्तर्गत सबै बीमालेखहरूका लागि प्रति हजार २५ रूपैयाँ बोनसदर कायम भएको छ । रिलायबल सुलभ जीवन बीमालेखअन्तर्गत बीमा अवधिअनुसार कम्पनीले प्रति हजार न्यूनतम २४ रूपैयाँदेखि अधिकतम ४० रूपैयाँ बोनसदर तोकेको छ । रिलायबल उच्च शिक्षा योजना(बालबच्चाको सावधिक बीमालेख) अन्तर्गत इन्स्योरेन्सले न्यूनतम प्रतिहजार ६० रूपैयाँ र अधिकतम ६५ रूपैयाँ बोनसदर कायम गरेको छ । सावधिक तथा आजीवन बीमा योजनामा इन्स्योरेन्सले न्यूनतम ३० रूपैयाँदेखि अधिकतम ५० रूपैयाँ बोनसदर कायम गरेको छ । रिलायबल समुन्नती जीवन बीमामा सबै बीमा अवधिका लागि प्रति हजार २० रूपैयाँ बोनसदर कयाम भएको छ । रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमितले न्यूनतम ५० रूपैयाँ र अधिकतम ५५ रूपैयाँ बोनसदर पाउनेछन् । उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जानकारी दिएको छ । साथै, कम्पनीका अनुसार आगामी बीमाङ्कीय मूल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरूमा यही बोनसदर कायम हुने कम्पनीले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *