एनआईसी एशिया क्यापिटलको निःशुल्क डिम्याट खाता


काठमाडौं । एनआईसी एशिया क्यापिटलले घर, अफिसमा नै आएर निःशुल्क डिम्याट खाता खोल्ने भएको छ । अहिलेको व्यस्त समयमा सेवाग्राहीहरुलाई घर, अफिसमा नै पुगि छोटो समयमा डिम्याट खाता उपलब्ध गराई डिम्याट खाता तथा मेरो शेयर खाता संचालन गर्न सक्ने व्यवस्था गरेको छ । क्यापिटलले सुरु गरेको एक्सप्रेस डिम्याट सेवा अन्तर्गत सेवाग्राहीले सहज र झनझट रहित रुपमा डिम्याट तथा मेरो सेयर खाता प्राप्त गर्न सक्ने छन् ।
हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्नको लागि स्वयम व्यक्ति सम्बन्धित निक्षेप सदस्य कम्पनीमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्थाले गर्दा अहिलेको व्यस्त समयमा स्वयम उपस्थित भई डिम्याट खाता खोल्न नसक्ने व्यक्तिहरुलाई सहज रुपमा डिम्याट खाता खोलिदिने मुख्य उद्देश्यका साथ उक्त सेवा संचालन गरिएको कम्पनीले जनाएको छ
एक्सप्रेस डिम्याट सेवा अन्तर्गत क्यापिटलका कर्मचारीहरु स्वयम उपस्थित भई डिम्याट खाता खोलिदिने तथा सेयर अभौतिकीकरण गर्नको लागि आवश्यक सहजिकरण गरिदिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *