तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास 

काठमाडौं । सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजेदेखि बसिरहेको बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास भइरहेको छ । 

शीर्षनेताहरु सहभागी उक्त बैठकमा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने गरी छलफल भइरहेको छ ।  सिट बाँडफाँट गर्न गठित कार्यदलले दिएको सुझावसहित बैठकमा छलफल भइरहेको छ । 

कार्यदलले ८० प्रतिशत सिटमा सहमति जुटाएको दाबी गरिएको थियो भने । बाँकी २० प्रतिशत सिटमा देखिएको समस्या समाधान गर्न शीर्ष तहमा छलफल भइरहेको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *