हुण्डाइद्वारा विश्वकप २०२२ लक्षित टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा


हुण्डाइ गाडीको नेपालकालागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले विश्व कप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा गरेको छ । क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन् । ११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्र मार्फत दुई जना विजेताहरु छनौट गरिएको छ । ती विजेताहरूमा शेर बहादुर जिसी र हस्त माया गुरुङ्ग छन् । विजेताहरुले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन् । जसको सम्पूर्ण खर्चहरु हुण्डाइ नेपालले व्यहोर्ने छ । यस योजनामा सहभागी जनाउन १९ जुलाई देखी ३० सेप्टेम्बर सम्म नेपालभरी रहेका हुण्डाइको १७ वटा सोरुमहरुबाट कुनै पनि हुण्डाई गाडीको टेष्ट ड्राइभ गरी आफुलाई रजिष्टर गर्नुपर्ने थियो । फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गरी खेलका पारखीहरुलाई जोड्ने लक्ष्य सहितको यस क्याम्पेन आफ्नो लक्ष्यमा सफल भएको कम्पनीले जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले नेपालभरी रहेका १७ डिलर तथा १९ सर्भिस सेन्टरहरुद्वारा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *