एनसीसी बैंकले सार्वजनिक गर्यो लाभांश


काठमाडौं । एनसीसी बैंकले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट ३.३६ प्रतिशत बोनस ७.६३ प्रतिशत नगद गरी कुल १०.९९ प्रतिशत लाभाश दिने प्रस्ताव गरेको बताएको छ ।
एनसीसी बैंक र कुमारी बैंकबीच बराबरी स्वाप रेसियोमा मर्जर सम्झौता भइसकेको छ । कुमारी बैंकले पनि लाभांश प्रस्ताव गरेर नेपाल राष्ट्र बैंकबाट स्वीकृत पनि पाइसकेको छ । बैंकले १२.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *