आईएमई लाइफका संस्थापकले शतप्रतिशत लगानी गर्नुपर्ने


काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीले शतप्रतिशत लगानी गर्नुपर्ने भएको छ । पुँजी वृद्धिका लागि कम्पनीका साविकका संस्थापकहरुले सेयरमा लगानी गरेका रकमको थप एक सय प्रतिशत रकम थप्नु पर्ने भएको हो । जसको लागि कम्पनीले मिति समेत तय गरिसकेको छ । कम्पनीका अनुसार संस्थापकहरुले आगामी मंसिर ५ गते भित्रमा आफ्नो लगानीको थप शतप्रतिशत रकम जम्मा गरिसक्नु पर्ने छ ।
संस्थापक सेयरधनीले कम्पनीले उपलब्ध गराएको सिद्धार्थ र नबिल बैंकको खातामा रकम जम्मा गर्न सक्ने छन् । उनीहरुले काठमाडौंको हात्तिसारमा रहेको सिद्धार्थ बैंकको खाता नम्बर ५५५००३५८८१४ र तिनधारामा रहेको नबिल बैंकको खाता नम्बर ००२०१०१७५०५३७८ मा रकम जम्मा गर्न सक्ने छन् । र, उक्त खातामा जम्मा गरेको रकमको भौचर काठमाडौंको लैनचौरस्थित रहेको कम्पनीको प्रधान कार्यालयमा बुझाउनु पर्ने छ । नियामक निकाय बीमा समितिले तोकेको न्यूनतम पुँजी पुर्याउन नै कम्पनीले पहिलो चरणमा आफ्ना संस्थापकहरुलाई रकम थप्न भनेको हो । समितिका अनुसार जीवन बीमा व्यवसाय गर्ने कम्पनीले न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्ने छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । संस्थापकले शतप्रतिशत रकम थपेसँगै कम्पनीको पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्ने छ । त्यसपछि कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत आईपीओ जारी गर्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *