बिओके क्यापिटलले ५.७९ प्रतिशत लाभांश दिने


काठमाडौं । बिओके क्यापिटल मार्केटले ५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
क्यापिटलको साधारणसभाले आव २०७८।७९ मा संचित मुनाफाबाट ५.७९ प्रतिशत लाभांश कर समेत वितरण गर्ने निर्णय गरेको हो । सभाले आगामी आ।व। २०७९।८० को बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
बैंक अफ काठमाण्डूको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लि, कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
यस कम्पनीले ६ वटा कम्पनीहरुको प्राथमिक सेयर तथा हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ भने जम्मा ११ वटा कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी काम गरिरहेको छ ।
यस कम्पनीले हालसम्म जम्मा ८५ हजार ६८९ हितग्राही खाता खोलिसकेको छ । लगानी व्यवस्थापन सेवा अन्तर्गत ९८ जना को १७ करोड बराबरको लगानी व्यवस्थापन गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *