गठबन्धन सरकारको अर्थमन्त्रीमा विनोद चौधरीको दाबी

काठमाण्डौं । कांग्रेस माओवादीसहितको पाँच दलीय गठबन्धनबाट नयाँ सरकार बन्ने गृहकार्य भइरहेको छ । प्रधानमन्त्रीमा कांग्रेससभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेकाले नयाँ सरकार गठकको टुंगो भने लागिसकेको छैन । तर, गठबन्धनका तर्फबाट अर्थमन्त्रीमा सांसद विनोद चौधरीले दाबी गर्दै दौडधूप बढाएका छन् । आफूसँग विद्यमान अर्थतन्त्रका संकट टार्नसक्ने प्रष्ट खाका भएको भन्दै चौधरीले अर्थमन्त्रीमा दाबी गरेका हुन् । स्रोतका अनुसार चौधरीले र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति र माओवादी अध्यक्ष प्रचण्ड दुबैसमक्ष प्रष्ट रोडम्यापसहित अर्थमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् । देउवा र प्रचण्ड दुबैबाट ग्रिन सिग्नल पाएका चौधरीले गठबन्धनमा रहेका अरु दलसँग पनि छलफल बाक्लो बनाएका छन् । दोस्रो तहका नेताहरुसँगको छलफल पनि छलफल गरिरहेका छन् ।
‘देउवा वा प्रचण्ड जो प्रधानमन्धी भए पनि आफू अर्थमन्त्री हुनुपर्ने चौधरीजीको दाबी छ, ‘उहाँहरुबाट ग्रिन सिग्नल पाएको भन्दै हामीसँग कुरा गरिरहनु भएको छ । यो बेलामा अर्थतन्त्र बुझेको अर्थमन्त्री चाहिने भएकाले उहाँको दाबीलाई हामीले पनि स्वाभाविक रुपमा लिएका छौं ।
चौधरी पश्चित नवलपरासी १ बाट निर्वाचिन सांसद हुन् । उनले २०४८ सालदेखि एकपटक बाहेक लगातार सांसदमा निर्वाचित हुँदै आएका जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई भारी मतान्तरले हराएका थिए । आर्थिक मुद्दामा केन्द्रित राजनीति हुनुपर्छ भन्ने चौधरीले देशको आर्थिक रुपान्तरणका लागि आफूलाई अर्थमन्त्रीमा दाबी गरेका हुन् । ‘हाम्रो देशमा ठूल्ठूला राजनीतिक परिवर्तन भए । तर, जनताको जीवनस्तर जहाँको त्यहीँ छ । जनताको जीवनस्तर उकास्न उनीहरुको खल्तीमा पैसा पुग्नुपर्छ । जुन विकास र रोजगारीले मात्रै संभव छ, उनले बारम्बार भन्दै आएका छन्, ‘म फगत राजनीतिका लागि राजनीति गर्न आएको होइन । समानुपातिक कोटाबाट सांसद हुने निश्चित हुँदा हुँदै पनि चौधरीले जोखिम मोलेर जनताबाट अनुमोतिद हुन प्रत्यक्ष चुनाव उठेका थिए । चौधरी कांग्रेसको १४औं महाअधिबेसनमा पनि चुनाव उठेर केन्द्रिय सदस्य निर्वाचित भएका थिए । अर्थतन्त्रलाई गहिरोसँग बुझेका डा। रामशरण महत, डा। स्वर्णिम वाग्ले संसद छैनन्। । यसपटक कांग्रेसमा अर्थशास्त्रीहरुले टिकट नै पाएनन्, पाएका विश्व पौडेलले पनि चुनाव हारे, त्यसैले चौधरीलाई अर्थमन्त्री बन्न सहज देखिएको छ,’ बालुवाटार निकट स्रोतले भन्यो, ‘तर, सरकार गठन हुनेबेलासम्ममा राजनीतिले कस्तो रुप लिन्छ भन्ने थाहा छैन, त्यहीबेलाको अवस्थामा निर्भर रहन्छ । व्यवसायलाई विस्तार गर्दै उनी सफल उद्योगीका रुपमा स्थापित छन् । विश्वका ३० भन्दा बढी देशमा चौधरी ग्रुपको व्यापारिक साम्राज्य फैलिएको छ। जसको नेतृत्व नेतृत्व विनोद चौधरीले गरिरहेका छन् । चौधरी ग्रुप अन्तर्गत ४ दर्जन कम्पनी र ६० भन्दा बढी ब्रान्ड रहेका छन्। विश्वका धनाढ्यको सूची सार्वजनिक गर्ने म्यागेजिन ‘फोर्ब्स’ को अर्बपतिहरुको सूचिमा पर्ने चौधरी पहिलो र एक मात्र नेपाली नागरिक हुन् । फोर्ब्सको अर्बपति सूचीमा अहिले उनी १९२९औँ स्थानमा छन् भने अहिले उनको सम्पत्ति १ अर्ब ५० करोड अमेरिकी डलर अर्थात् झन्डै २ खर्ब नेपाली रुपैयाँ बराबर छ । जुन सम्पत्ति नेपाल सरकारका सबै मन्त्रालय, विभाग र संस्थानहरुको कूल सम्पत्तिभन्दा धेरै हो । चौधरी सन् १९९३ देखि १९९५ सम्म नेपाल उद्योग वाणिज्य महासंघ र सन् २००२ देखि २०१२ सम्म नेपाल उद्योग परिसंघको अध्यक्ष बनेका थिए । ६७ वर्षिय चौधरीले ४५ वर्षदेखि निरन्तर व्यवसायमा सक्रिय छन् । २०६४ सालमा एमालेको समानुपातिक कोटाबाट संविधानसभा सदस्य भएसँगै उनको राजनीतिक करियर शुरु भएको हो । २०७४ को निर्वाचनअघि कांग्रेसमा प्रवेश गरेर समानुपातिक कोटाबाट चौधरी सांसद बनेका थिए । सांसदकै यात्राको लागि मात्रै भए उनी समानुपातिक कोटाबाट सांसद बन्ने निश्चित थियो । तर, कार्यकारीकै भूमिकामा पुग्नुपर्छ भन्ने आकांक्षले उनी प्रत्यक्ष चुनाव उठे । कांग्रेसले अहिलेसम्म नजितेको ठाउँमा जित हासिल गरे । जनताबाट अनुमोदिन भएकाले चौधरीलाई मन्त्रीमा दाबी गर्न सजिलो बनेको छ । उहा जस्तोलाई अर्थमन्त्री बनाएमा देश प्रगति तिर लम्कने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *