चन्द्रागिरी हिल्सको साधारण सभा पुस २१ गते


काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २१ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सभा चन्द्रागिरी हिल्सको कार्यालय थानकोट परिसरमा दिउँसो ११ बजे बस्ने निर्णय गरेको हो । कम्पनीले यस पटक पनि कुनै लाभांश प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, संस्थापक तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने सम्बन्धमा प्रस्ताव हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *