मेगा बैंकको मर्जर प्रस्ताव पारित


काठमाडौं । मेगा बैंकको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको सम्पन्न साधारणसभाबाट बैंकको प्रस्तावित ७.७९ प्रतिशत लाभांश पारित भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश गरी कूल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । सभाले मेगा बैंकको १०० कित्ता सेयर बराबर मेगा बैंकका सेयरधनीहरुलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात १००ः९० मा मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको हो ।
दुबै बैंक एक आपसमा गाभिई संयुक्त कारोबार गर्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *