मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच सम्झौता

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले गुरु ट्राभल्ससँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको छ । आफ्ना ग्राहकहरूलाई थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी गुरु ट्राभल्ससँग सम्झौता गरेको हो ।

यस सम्झौतापछि बैंकका खातावाला तथा ग्राहकहरूले उक्त ट्राभल्समा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधाहरूमा छुट प्राप्त गर्न सक्ने बताइएको छ । साथै, डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *