राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्रीले गरे आयोगका पदाधिकारीसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

सोमबार बिहान सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका विषयमा आयोगका पदाधिकारीहरुसँग छलफल गरेका हुन् । राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि चुनाव गराउनुपर्ने प्रावधान छ ।

वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुण २९ मा सकिने भएकोले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउनुपर्ने स्थिति रहेको छ । आयोगले सोहीअनुरूप निर्वाचनकाे मिति तोक्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको हाे ।

यस्तै सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी छन् । यस्तै आजै विहान ११ बजे प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्तालयका सचिवहरुसँग पनि छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *