प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच सम्झौता


काठमाडौं । प्रभु बैंक लिमिटेडले सदर चिडियाखानामा रहेका दुई वटा रातो हाब्रे रेड पाण्डालाई एक वर्षसम्मका लागि आहारा उपलब्ध गराउने भएको छ ।
रेड पाण्डालाई आहारा उपलब्ध गराउने विषयमा प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट सदर चिडियाखानाकी प्रमुख रचना शाहले हस्ताक्षर गरेका छन् ।
सदर चिडियाखानाद्वारा सञ्चालित “एडप्ट एन एनिमल” अभियान अन्तर्गत गरिएको यस सम्झौताबाट रातो हाब्रे जस्तो लोपोन्मुख वन्यजन्तुको संरक्षणको क्षेत्रमा विशेष योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *