युनियन लाइफले लाभांश पारित गर्न बोलायो साधारणसभा
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले मंगलबार बसेको बैठकले माघ २६ गते बिहीबार साधारणसभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्षको २०७७।७८ को नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको लाभांश पारित गर्नेछ । कम्पनीले २०७७।७८ को नाफाबाट सेयरधनीलाई ८.९७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरको छ । यसको अर्थ माघ १५ गतेसम्म युनियन लाइफको सेयर खरिद गरी सेयरधनी बनेकाहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।