लोक गायक पौडेलको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत् लोक गायक पौडेलको अल्पायूमै भएको दुःखद् निधनप्रति गहिरो दुःखसहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना समेत प्रकट गरेका छन् । दर्जनौं लोक दोहोरी गीत गाएर चर्चित बनेका गायक पौडेलको स्याङ्जास्थित घरमै आज निधन भएको हो ।

विगत दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका पौडेलको रक्तअल्पताको कारण निधन भएको छ । पौडेलको पार्थिव शरीरलाई आज कास्कीको पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *