माओवादी बैठकको निष्कर्ष- रवि लामिछानेको मुद्दा अझै बाँकी छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दाको टुंगो नलागेकाले उनको पार्टीले धैर्यता गर्नुपर्ने निष्कर्ष निकालेको छ। बिहीबार पेरिडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता गर्नुपर्छ। किनकि उनको (रवि)को मुद्दा अझै बाँकी छ। टुंगो लागेको छैन,’ पार्टी प्रवक्ता कृष्णबहादुर महराले भने ।

उनले सत्ता साझेदार दलमा कुनै समस्या नरहेको बताए। उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्ने अभिव्यक्ति निजी भएको र यसले गठबन्धनमा कुनै समस्या नल्याउने उनको दाबी छ ।

प्रधानमन्त्रीको व्यस्तताका कारण आजको बैठक अनिर्णित भएको र बैठक भोलि फेरि बस्ने महराले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *