माँ बगलामुखी साकोस र नेप्लिज फेसनको संयुक्त आयोजनामा बाल चित्रकला कार्यक्रम सम्पन्न
ललितपुरमा उत्कृष्ठ व्यवस्थापनका साथ संचालन हुँदै आएको माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि र नेप्लिज फेसन होमको संयुक्त आयोजनामा शनिवार लिटिल फ्लावर्स पब्लिक स्कुल, शंखमुल दथुलंमा बाल चित्रकला कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ६५ जना बालबालिकाहरुको सहभागीता रहेको थियो । “रुखको संरक्षण गरौं” भन्ने मुख्य विषयमा आयोजना गरिएको उक्त चित्रकला प्रतियोगितामा अनिभारत्न शाक्यले प्रथम पुरस्कार, जेन्स महर्जनले दोस्रो पुरस्कार, इभाना चित्रकारले तेस्रो पुरस्कार, शुभेच्छा महर्जनले स्वीट आर्ट र अंकित तण्डुकार र रोहित श्रेष्ठले सान्त्वना पुरस्कार जित्न सफल भएका छन् । उक्त कार्यक्रममा माँ बगलामुखी सहकारीको सभापतित्व एवं मिस नेवाः सुश्री सलिना महर्जनको प्रमुख आतिथ्यतामा आयोजना भई प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, स्वीट आर्ट एवं सान्त्वना हुने सबै सहभागी बालबालिकाहरुलाई सहकारी एवं नेप्लिज फेसन होमको तर्फबाट ट्रफि एवं पुरस्कार वितरण गरिएको थियो । माँ बगलामुखी सहकारीले बार्षिक रुपमा आफ्ना सदस्य बालबालिकाहरुलाई लक्षित गरी यस प्रकारको कार्यक्रमहरु आयोजना गर्दै आएकोमा यस बर्ष पनि उक्त कार्यक्रमले निरन्तरता पाएको छ । उक्त कार्यक्रममा तननि साकोसका अध्यक्ष अष्टलाल महर्जन, सहकारीका सल्लाहकार श्यामकृष्ण महर्जन लगायत सहकारिका सम्पूर्ण संचालक समिति, लेखा समिति समेतको उपस्थितिमा आयोजना भएको समापन कार्यक्रममा उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सदस्य बालबालिका लगायत सम्पूर्णमा हार्दिक घन्यवाद समेत व्यक्त गरिएको थियो ।