रास्वपालाई सरकारमा ल्याउने प्रयास जारी छ : एमाले नेता ज्ञवाली

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई फेरि सरकारमा ल्याउने कोसिस जारी रहेको बताएको छ ।एमाले नेता प्रदिप ज्ञवालीले पार्टीको सचिवालय बैठकपछि रास्वपालाई सरकारमा ल्याउने प्रायस जारी रहेको बताएका हुन् ।

नेता ज्ञवालीले भने- ‘रास्वपाले सरकार छाडेको विषयको समीक्षा हुँदै जाला । केही प्रक्रियागत त्रुटिका कारणले समस्या उत्पन्न भएको देखिन्छ ।’ उनले शक्तिको बाँडफाँट अनुसार गृह स्वतन्त्र पार्टीलाई दिइनुपर्थ्यो भन्दै एमालेले रास्वपालाई सरकारमा ल्याउने प्रायस जारी रहेको बताए ।

उनले भने- ‘पुस १० गते नयाँ कोर्स निर्माण गर्दा जुन ढंगले शक्तिको बाँडफाँट गरेका थियौँ । त्यसअनुसार गृह स्वतन्त्र पार्टीलाई दिइनुपर्थ्यो । सरकारमा होल्ड गरिरहनुपर्थ्यो । त्यसमा असमझदारी देखियो । सरकारलाई दिएको विश्वास कायमै छ । हाम्रो तर्फबाट विश्वास कामयै राखेर सरकारमा फर्काउने कोसिस जारी छ । जसपा र नागरिक उन्मुक्तिलाई पनि सरकारमा ल्याउने क्रम जारी छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *