रवि लामिछानेको राहदानीबारे प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे प्रहरीले अनुसन्धान थालेको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध युवराज सफलले पहिला प्रहरीलाई जाहेरी दिएपनि प्रहरीले सो जाहेरी लिन अस्विकार गरेका थिए । तर अहिले प्रहरी रविमाथीको अनुसन्धान क्रमिक रुपमा अगाडी बढाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले सफलले दिएको जाहेरीलाई नै आधार मानेर अनुसन्धान अगाडी बढाएकोे जानकारी दिएका छन् । कार्कीका अनुसार पहिल्यै नागरिकताबारे छानबिन गर्न भन्दै पत्र बआएको थियो तर निरन्तर रुपमा उनीमाथी छानविन प्रक्रिया पत्रलाई जाहेरी सरह मानेर अनुसन्धान भइरहेको छ । सफलजीको अर्को जाहेरी आएपछि त्यसलाई पनि थप आधार मानेर अनुसन्धान अगाडी बढाएको बताए ।
अदालतको आदेशको पूर्णपाठ नभएको भन्दै १७ माघमा लामिछानेविरुद्ध जाहेरीको क्रममा प्रहरीले दर्ता गर्न मानेको थिएन । खारेज भइसकेको नागरिकताको आधारमा राहदानी लिएको भन्दै लामिछानेविरुद्ध राहदानी ऐनविरुद्धको कसूर गरेको अभियोगमा पनि कारबाही हुनुपर्ने सफलले माग गरेका छन् ।
सो जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा समेत युवराज सफले निवेदन दिएका थिए । अहिले सरकारी वकिलसम्म पुगेपछि प्रहरीले सो अनुसनधान सुरु गरेको हो ।
लामिछानेको विशेष घटनाक्रम यस्तो छ :
सर्वोच्च अदालतको संवैधानिक इजलासले १३ माघमा लामिछानेसँग नेपाली नागरिकताको प्रमाण पत्र नभएको ठहर गरेर नागरिकता विषयमा दोषि ठहर गरेपछि उनको सांसद्, मन्त्री र पार्टी सभापति पद गुमेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा नेपाली नागरिकता पुनः कायम गर्न नागरिकता ऐन र नियमावली अनुसार निवेदन दिएपछि उनले पुनःनयाँ नागरिकता प्राप्त गरे । उक्त नागरिकता प्राप्त भएपछि रास्वपाका पुनः सभापति बने । त्यसअघि उनले पुरानै नागरिकताको आधारमा राहदानी प्राप्ती गरे ।
२०५० सालमा लामिाछानेले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र लिए । पछि अध्ययन र रोजगारीको सिलसिलामा संयुक्त राज्य अमेरिका पुगे ।
२१ फेब्रुअरी २०१४ मा अमेरिकी नागरिकता उनले लिए । तीन वर्षपछि पारिवारिक भिसामा नेपाल आएर स्थायी रुपमा बसोबास गर्दै नेपालमा कार्य अनुमति लिएर एक टेलिभिजन च्यानलमा कार्यक्रम सञ्चालनमा निरन्तर रहे । उक्त टेलिभिजन संचालनको केही समयपछि अवैध नागरिकताको आधारमा बनाएको राहदानी लिएर रिपोर्टिङका सिलसिलामा विभिन्न देशमा पुगेका पुगे ।
१२ मंसिर २०७९ मा गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखा रविको नागरिकताबारे छानबिन गर्न उजुरी परेको थियो , त्यसपश्चात छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई निर्देशन पुगेपछि प्रशासनले जिल्ला प्रहरी परिसर, काठमाडौंलाई छानबिन गर्न निर्देशन समेत दिएको थियो ।
रविका वारेमा देखिएका समस्यमा वारेमा निरन्तर गल्ति प्रमाणीत गर्न अनुसन्धान भइरहेको छ ।