सिद्धार्थ बैंकको बोनस सेयरधनीको डिम्याट खातामा


काठमाडौं । सिद्धार्थ बैंकले वितरण गरेको लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको छ । बैंकको गत पुस २८ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले पारित गरेको १२.५० प्रतिशत बोनस सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ। बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद लाभांश वितरण गरेको हो । बैंकले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको छ । साथै, बैंकले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *