संसारकै महँगो गितार


दुनियाँकै महँगो विशेष गितारमा एक दुईवटा होइन पूरै ११ हजार ४४१ वटा हिरा जडित छन् । साथै उक्त गितारमा १८ क्यारेटको १ किलो ६सय ग्राम ह्वाइट गोल्ड पनि राखिएको छ । संसारकै मूल्यवान सो गितारलाई एडन अफ कोरोनट पनि भनिन्छ । यो गितार निर्माणको पछाडि निकै रोचक कहानी छ । पढ्दा अनौठो लाग्छ सक्दछ कि यो गितार बनाउनका लागि कुल ७ सय दिन लागेको थियो । हङकङका चर्चित गहना डिजाइनर आरोन शुमले उक्त गितार तयार पारेका हुन् । हजारौं हिरा र डेढ किलोभन्दा धेरै सेतो सुन भएका कारण यो गितारको मूल्य पनि करोडौंमा छ । सन् २०१५ मा अबुधाबीस्थित एक गहना पसलमा पहिलोपटक यो गितार प्रदर्शनमा राखिएको थियो । एडन अफ कोरोनट भनिने सो गितारको मूल्य २६ करोड रुपैयाँभन्दा धेरै छ । सो गितार बनाउनका लागि गिब्सन कम्पनीले गहना डिजाइनर आरोन शुम तथा संगीतकार मार्क लुईको बीचमा सहकार्य गराएको थियो । यो एक कस्टमाइज्ड गिब्सन एसजी गितार हो । यो गितार बनाउनका लागि हङकङको चाव ताई फूक नामक हिरा कम्पनीले हिरा उपलब्ध गराएको थियो । या गितार केवल देखाउनका लागि मात्र होइन अरु गितार जस्तै बजाउन पनि सकिन्छ । यो गितारको बडीलाई ह्वाइट गोल्डले छोपिएको छ । यसमा फूलको डिजाइनमा हिरा जडित छन् । जसमा कुल हिराको संख्या ११ हजार ४४१ छन् र सबै गरेर कुल ४०१.१५ क्यारेटको हिरा छ । यो गितार तयार पार्नका लागि कुल ६८ जना कालिगढ लागेका थिए ।
एजेन्सी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *