आइस्पानको निर्णय – विश्व मापदण्ड अनुसार नेपालको इन्टरनेट सेवामा सुधार गर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक सङ्घ नेपाल (आइस्पान)ले विश्व मापदण्ड अनुसार इन्टरनेट सेवाको गुणस्तर सुधार गर्ने निर्णय गरेको छ ।
राजधानीको एक होटलमा आयोजित भेलाले सोमबार एक भेलामा आइस्पानले यस्तो निर्णय गरेको हो । उक्त भेलामा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशक सहितले सहभागिता जनाएका थिए । अब नेपालमा देखिएको इन्टरनेटको पहँच विस्तारका लागि सबै इन्टरनेट प्रदायकहरुबीच सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताएका छन् ।