कावासोतीका रेडक्रसकर्मीद्वारा रक्त संचार भ्यानको दुरुपयोग

कावासोती । नेपाल रेडक्रस सोसाईटी कावासोती उपशाखाले दाताले दिएको रक्त संचार भ्यानको दुरुपयोग गरेको छ । कार्य समिति सदस्य सहित जिल्ला रेडक्रसका पदाधिकारी ६ दिने भ्रमण सकेर २० गते अबेर राती सोही भ्यानमा फर्किएका हुन् । चैत्र १५ गतेदेखी २० गते सम्म पूर्वी नेपालका बिभिन्न जिल्ला संगै सिक्किम सम्म रेडक्रसकर्मीहरु पुगेका थिए ।

कावासोती उपशाखाको खर्चमा नेपालको विभिन्न उपशाखाले गरेका क्रियाकलाप अवलोकन गर्न भन्दै भ्रमणमा गएको शाखाका सभापति वाबुराम कंडेलले जानकारी दिए । कंडेलले भने, अहिले भ्यानमा फ्रिज पनि नराखिएको, रक्तदानको कार्यक्रम समेत नभएकाले गाडी त्यसै खाली रहेकाले अन्य रेडक्रसकोे राम्रो कुरा सिक्न अवलोकनको लागि गएको बताए । गत वर्ष समेत यहाँका रेडक्रसकर्मीहरुले पश्चिम नेपालको लामो भ्रमण उपशाखाकै खर्चमा सम्पन्न गरेका थिए ।

अहिले उनीहरु पूर्वी नेपालको सिन्धुली, बर्दिबास, दमक हुँदै भारतको दार्जिलिङ, सिक्किम सम्म पुगेका हुन । शाखाका सभापति वाबुराम कंडेलका अनुसार नेपाल भित्रको भ्रमणको खर्च मात्रै शाखाले गरेको बताएका छन् । भारतको दार्जिलिङ र सिक्किम भ्रमण भने व्यक्तिगत खर्चमा भएको बताएका छन् । उनिहरु दार्जिलिङ र सिक्किम भ्रमणमा रहँदा रक्त संचार भ्यान भने उनिहरुलाई पर्खिएर सिमाना (बोडर) मै रहेको थियो ।

एक रेडक्रसकर्मीले भने ः बिपद्मा काम गर्ने संस्थाले प्रत्येक वर्ष घुमफिरमा पैसा खर्च गर्नु राम्रो होइन । रेडक्रस कावासोती उपशाखाको कावासोतीको मुटु फलफुल चोकमा सानदार बिल्डी· छ । उक्त भवनबाट उपशाखाले मासिक रुपमा राम्रै भाडा लिने गरेको छ । त्यसो त उपशाखाले पालिका तथा अन्य सरकारी कार्यालयबाट समेत सहयोग संकलन गर्ने गरेको छ । यसरी बिपद्को नाममा संकलन हुने रकम मध्यको रकमबाट उनिहरुले हरेक वर्ष भम्रण गर्ने गरेका छन् ।

अझ यस पटक त रगत संकलन गर्ने भ्यानलाई नै भ्रमणमा प्रयोग गरेका हुन् । बिपद् र रगत संकलनमा प्रयोग गर्ने भ्यान यसरी भ्रमणको लागि प्रयोग गर्नु राम्रो हो त ? भन्ने प्रश्नमा कंडेलले भने अन्य शाखाहरुले समेत भ्यान भ्रमणमा प्रयोग गर्ने गरेकाले आफुहरुले समेत त्यसै गरेको बताए । तर भ्यान सहयोगी दाता नेपाल हिल्फे बाइलंग्रिसका कार्यक्रम संयोजक श्याम पण्डितले विपद् र रक्त संचारमा प्रयोग गर्ने भ्यान भ्रमणमा प्रयोग गर्नु गलत भएको बताएका छन् । उनले भने भ्यान त रगत आवश्यक परेको ठाउँ र रक्तदान हुने क्षेत्रमा प्रयोग गर्न दिईएको हो । कावासोती उपशाखाले केही वर्षदेखी रक्त संचार केन्द्र संचालन गर्दै आएको छ ।

रगतको अभावबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले दाताहरुकै सहयोगमा रक्त संचार केन्द्र व्यवस्थापन गरेको शाखालाई गत वर्ष रगत बोक्न प्रयोग गर्ने झण्डै १ करोडको गाडी दिएको थियो । नेपाल रेडक्रस सोसाईटी केन्द्रका सूचना अधिकारी धर्मदक्त विडारीले भने,– कुनै शाखाको अवलोकन गर्न, कार्यक्रममा सहभागी हुन जानु स्वभाविक भएपनि त्यसैको बहानमा हप्तौ घुम्न प्रयोग गर्नु र भारतमा रहँदा रगत संकलन गर्ने भ्यान सिमाना (बोडर) मा राख्नु गलत भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *