एनआईसी एशियाले धितोमा रहेको घरजग्गा र सवारी साधन बेच्दै
काठमाडौं । एनआईसी एशिया बैंकले धितोमा राखिएको सवारी साधन र घरजग्गा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितोमा राखिएका सम्पत्ति बिक्री गर्ने भएको हो ।बैंकले ऋणी हेटौडास्थित शिवशक्ति स्टोर्सका प्रोप्राइटर तथा जमानीकर्ता आदित्य ना. कुशवाहाको नाममा दर्ता कायम रहेको घरजग्गा बिक्री गर्ने भएको छ । हेटौडा उपमहानगरपालिका ५ स्थित कित्ता नम्बर ४६५६, ४६४८ र ४६५२ को क्रमशः ० ० १४ ०, ० १ ६.५ ० र ० ० ३.५ ० बिघा घरजग्गा र शिवशक्ति स्टोर्सको स्वामित्वमा रहेका मालसामान बिक्री गर्नेछ । यस्तै, भक्तपुर नगरपालिका ४ स्थित गोरखनाथ सुनचाँदी ज्वेलर्स ट्रेडर्सका प्रोप्राइटर कान्छा लगुनको नाममा रहेको कोभ्रेको पनौति ८ मा रहेको कित्ता नम्बर ६६२ र ७४२ को क्रमशः ५४०.५३ र १२७.१६ रोपनी क्षेत्रफल भएको घरजग्गा बिक्री गर्ने भएको हो । गोरखनाथ सुनचाँदी ज्वेलर्स ट्रेडर्सको स्वामित्वमा रहेका मालसामान पनि बिक्री गर्नेछ ।
यस्तै, रुपन्देहीको बिन्दास ग्रुपका सञ्चालक तिलकप्रसाद भुसाल तथा जमानीकर्ता यज्ञप्रसाद भुसालको नाममा दर्ता कायम रहेको कित्ता नम्बर ३६२ र १४९२ को क्रमशः १३०३.७० र १०१.५८ वर्गमिटर क्षेत्रफल भएको घरजग्गा बिक्री गर्नेछ । यस्तै, साविक चन्दननाथ गाविस.६ स्थित न्यू कनकासुन्दरी होटल एण्ड रेष्टुरेण्टका सञ्चालक काली बहादुर बुढाकी पत्नि दुधकला बुढाको नाममा रहेको कित्ता नम्बर ४४७ को ७८.५० वर्गमिटर क्षेत्रफल भएको घरजग्गा लिलामीमा बिक्री गर्नेछ । यस्तै, नवलपरासी देवचुली नगरपालिका १३ का सन्तोष पौडेलको बा १५ च ९२५० नम्बरको डटसन रेडि मोडलको सवारी साधन बिक्री गर्ने बैंकले जनाएको छ ।बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।