सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई सहयोग
काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनलले बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप दुई लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सोह्रौं बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै गरेको उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । बैंकले एक समारोहका बीच बैंकले संस्थाका संचालक राजकुमार पुनलाई चेक हस्तान्तरण गरेको छ । उक्त बेबी लाईफ होममा रहेका २७ जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक राजकुमार पुनले जानकारी दिए ।
त्यसैगरि बैंकले कर्णाली क्षेत्र पर्यटन तथा साँस्कृतिक आरक्षण केन्द्र मार्फत चन्दननाथ माविमा ३ वर्ष वन विज्ञान डिप्लोमा तह र मदन भण्डारी कृषि प्राविधिक विद्यालयमा वनस्पति विज्ञानमा तीन वर्षको डिप्लोमा कार्यक्रममा अध्ययनरत २ जना विद्यार्थीहरूलाई एक लाख रुपैयाँ बराबर छात्रवृत्ति प्रदान गरेको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको बैंकले जनाइएको छ ।