होण्डा नयाँ वर्षको अवसरमा एक लाखको कुपनदेखि दुई वर्षसम्मको फ्रि सर्भिसिङसम्म


काठमाडौं । नेपालको लागि होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्षको अवसरमा कम्पनीले ‘होण्डा चुज योर स्किम’ नामक उपहार योजना ल्याएको छ । ‍योजना अन्तर्गत होण्डाको कुनैपनि बाइक वा स्कुटरको खरिदमा नगद १ लाखसम्म जित्न सकिने स्क्रायच कुपनसँगै ८ हजारसम्मको स्पेयर पार्टस्, इन्जिन आयल र २ वर्षसम्मको फ्रि सर्भिसिङ्ग वा १० हजारसम्मको अतिरिक्त स्क्र्याच कुपन वा १२ हजार ५ सय सम्मको ५ वर्षको लागि एनुअल मेन्टिनेन्स् कन्ट्र्याक एएमसी मध्ये कुनै एक स्किम रोज्न सकिने छ । नयाँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको जनाएको छ । हाल होण्डाले १ प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *