खहरे खोला सुक्ने वाला छ- प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेप्रति लक्षित गर्दै खहरे खोला सुक्न लागेको टिप्पणी गरेका छन् ।
तनहुँ-१ मा गठबन्धनबाट उम्मेदवार बनेका गोविन्द भट्टराईलाई भोट माग्न आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लामिछानेको नाम नलिएर नै अब खहरे खोला सुक्ने दाबी गरेका हुन् ।

उनले भने- ‘कहिले काही खहरे खोला उर्लिएर आउछ डरलाग्दो तर त्यो खहरे सुक्ने वाला छ, नदी गम्भीर गतिमा आफ्नो महासागरतर्फ बगिरहन्छ, त्यो कुरा नबिर्सौं ।’
प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्ट्राचार र बेथितिलाई रोक्न केहि कठोर कदम चालेको बताउदै ठुला ठुला गफ हाक्नेहरुको असलियत के हो भन्ने कुरा देखेको बताएका छन् ।

उनले १० बर्षदेखि विद्यालयमा पाठ्यपुस्तक नपुगेको अवस्थालाई सरकारले यस पटक समयमै पाठ्यपुस्तक पुर्याएको बताएका छन् ।
प्रधानमत्री प्रचण्डले तनहुँ-१ का मतदातालाई कुनै द्विविधामना नपर्न आग्रह गर्दै गोविन्द भट्टराईलाई मत दिन आग्रह गरेका छन् ।