संसारको सबैभन्दा शक्तिशाली रकेट आज साँझ ७ बजे टेक्सासबाट प्रक्षेपण हुने

काठमाडौं । संसारको सबैभन्दा शक्तिशाली प्रक्षेपण वाहन स्टारशिप आफ्नो पहिलो परिक्रमा परीक्षणको लागि तयार भएको छ । आज अर्थात बिहीबार साँझ ७ बजे बोका चिका, टेक्सासबाट लन्च हुनेछ । स्टारशिपको कक्षीय प्रक्षेपणको यो दोस्रो प्रयास हो। सोमबारको पहिलो प्रयासमा प्रेसर भल्भ फ्रिज भएका कारण प्रक्षेपण हुनुभन्दा ३९ सेकेण्ड पहिले रोकिएको थियो ।

स्टेनलेस स्टील स्टारशिप स्पेसएक्स, विश्वको दोस्रो धनी व्यापारी एलोन मस्कको कम्पनीले बनाएको हो। यो प्रक्षेपण यसअर्थमा महत्त्वपूर्ण मानिएको छ की स्पेसशिपले मात्र मानिसलाई अन्तरग्रहीय बनाउने अपेक्षा गरिएको छ। अर्थात् यसको सहयोगमा पहिलो पटक मानिसले पृथ्वीबाहेक अन्य ग्रहमा पाइला टेक्नेछ ।

मस्कले सन् २०२९ सम्ममा मानिसलाई मंगल ग्रहमा लैजान र त्यहाँ उपनिवेश स्थापना गर्न चाहन्छन् । यो अन्तरिक्ष यानले गति यति तिब्र छ जसले एक घण्टाभन्दा कम समयमै मानिसलाई संसारको जुनसुकै कुनासम्म पुर्‍याउन पनि सक्षम छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *