गुराँस लाइफद्वारा २३ लाखको मृत्यु दावी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको नारायणघाट शाखाले २३ लाखको मृत्यु दावी वापतको रकम भुक्तानी कम्पनीले एक कार्यक्रम गरी कावासोती नगरपालिका वडा न.१३,का बीमित स्व. कमलापति काफ्लेको श्रीमती पेमा कुमारी अधिकारी काफ्लेलाई उक्त रकम भुक्तानी गरेको हो । कम्पनीका नारायणघाट शाखा प्रमुख ओमकार सिग्देलले उनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । कम्पनीको अनुसार स्व. काफ्लेले कम्पनीमा गुराँस वार्षिक नगद फिर्ता जीवन बीमा योजना बीमा गरेका थिए ।