नक्कली नोट सहित २ जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर न.पा. ६ नँया बस्तीबाट नक्कली नोटको कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नक्कली नोटबाट कारोबार गरेको गोप्य सुचना पाएपछि अनुसन्धानका लागि बौद्धबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हाल टोखा न.पा.७ बस्ने बर्ष ३१ कि सम्झना गहतराज र काठमाडौं बागबजारस्थित युनिक होटलमा कोठा लिइ बस्ने ३२ वर्षे सादाय हलुवाई रहेका छन् । अनुसन्धानमा खटिएको प्रहरीको टोलीले नयाँबस्ती एरियामा सामान किन्ने क्रममा सम्झना गहतराजको गोजीमा एक हजारको नक्कली नोट फेला पारेपछि उनीहरुका बारेमा प्रहरीले थप अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा उनीहरुबाट तयारी १००० को नोट – ४९ थान, प्रीन्ट गरेको काट्न बाकी १००० को नोट १२६थान , तयारी ५०० को नोट –२ थान , प्रीन्ट गरेको काट्न बाकी ५०० को नोट ६० थान , कम्पनीको प्रीन्ट मेसिन –१ थान , प्रयोग गरि सकेको रु १०० को रिचार्ज कार्ड – १ थान , प्रयोग गरि सकेको रु ५० को रिचार्ज कार्ड –३ थान , कृषि विकास बैंक को चेक बुक –१ थान ,नेपाली नागरिकता –१ थान ,फलामको १२ इन्चको रुलर –१ थान ,मसि ५ थान , रंगिन पेपर ५० थान, फोटोकपी पेपर को रिम र मोबाइल २ थान प्रहरीले बरामद गरेको छ ।

उपर उक्त घटनाको सम्बन्धमा प्रकरण (ख) मा बरामद दशी सहित प्रकरण (क)मा पक्राउ परेका व्यक्तिहरु मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२२ बमोजिम मुद्रा सम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *