खाँण पक्राउ परेपछि रवि लामिछानेले दिए गृहमन्त्री र प्रधानमन्त्रीलाई धन्यवाद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि प्रहरी, गृहमन्त्री र प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।

यसअघि आजै केहि बेरअघि सामाजिक सञ्जालमा उनले प्रधानमन्त्रीलाई चेतावनी दिदै एउटा फाइल खोल्दा ज्वरो आयो भन्ने प्रश्न गरेका थिए । तर प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणलाई पक्राउ गरेको समाचार बाहिरिएपछि उनले धन्यवाद दिएका हुन् ।

उनले यो सिलसिला नरोक्न आग्रह समेत गरेका छन् ।

उनले भने-

धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *