रेशमलाई आममाफी दिएर छोड्दा न्याय भएन : रबि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रेशम चौधरीलाई आममाफी दिएर छोड्दा स्वयंम रेशमलाई न्याय नभएको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले रेशमलाई गलत प्रक्रियाबाट छाडेको बताए ।

उनले रेशम चौधरी निर्दोष छन् भन्ने विश्वासका साथ आफ्नो दलले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको बताए । तर अहिले गलत प्रक्रियाबाट उनलाई छुटाइएको भन्दै लामिछानेले भने- ‘रेशम चौधरी छुट्नुभयो, ठीक छ । तर रेशम चौधरीमाथि न्याय भएन ।’

दुई दिन अगाडिसम्म रेशमले नै आफूसँग म निर्दोष छु भनेको भन्दै उनले अघि भने- ‘अहिले उहाँ निर्दोष भएर छुट्नु भएन । जुन लडाईँ उहाँको थियो, यो लडाइँ उहाँले जित्नु नै भएन ।’

एउटा व्यक्ति जेलमुक्त हुँदा खुसी हुनु आफ्नो ठाउँमा भए पनि थारुहरुको संघर्षले विजय प्राप्त नगरेको रबिको भनाई छ । ‘उहाँको रिहाइ विजय होइन, त्यो बाँकी नै छ’, उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *