दुवै खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गर्ने हरिबहादुरलाई कांग्रेस सभापति देउवाको सम्मान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकोमा बधाई दिएका छन् ।
बिहीबार धुम्बाराहीस्थित निवासमा देउवाले बुढामगरलाई सम्मान गरेका हुन् । अफगानिस्तान युद्धमा बुढामगरले घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका थिए । तर पनि कृत्रिम खुट्टाको बलमा उनी हालै सगरमाथाको चुचुरोमा पुगेका थिए ।