नागरिकता विधेयक राजपत्रमा प्रकाशित (पूर्णपाठ)

काठमाडौं । नेपाल नागरिका (पहिलो संशोधन) ऐन, २०७९ राजपत्रमा प्रकाशित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको विधेयक राजपत्रमा प्रकाशित भएको हो । अब यो ऐन लागू हुनेछ ।

नागरिकतासम्बन्धी नयाँ ऐनमा नेपालभित्र फेला परेका तर बाबु वा आमा पत्ता नलागेसम्म नेपाली नागरिक मान्ने प्रावधान राखिएको छ ।

नयाँ ऐनमा गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राखिएको छ। गैर आवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले नेपालमा रहँदाको आफ्नो नागरिकता अथवा बाबु, आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाणपत्र पेश गर्नुपर्नेछ।

साविकमा नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैर आवासीय नेपाली नागरिकताको लागि निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *