प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडौं । नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीले रिट दायर गरेका हुन् ।
नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि शुक्रबार राजपत्रमा प्रकाशित भएको थियो । प्रारम्भिक सुनुवाइका लागि आईतबारलाई पेशी तोकिएको अधिवक्ता भण्डारीको भनाइ रहेको छ ।
राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने क्रममा उदृत गरेका संविधानका प्रावधानहरु विधेयक प्रमाणीकरणसँग सम्बन्धित नभएको र नेपालको संविधानविपरित भएको भन्दै प्रमाणीकरण भएको नागरिकताबारे सर्वोच्चमा रिट परेको हो ।
दुबै सदनबाट पारित भएको नागरिकता विधेयक पूर्वराष्टपतिले प्रमाणीकरण नगरेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेले गणतन्त्रको दिवसको अवसरमा जेष्ठ १५ गते प्रमाणीकरण गरेपछि अहिले प्रमाणीकरण भएको नागरिकताका वारेमा जताततै विरोध हुन थालेको छ ।