नक्कली भुटानी शरणार्थी प्रकरण: पक्राउ परेका १८ जना अभियुक्तको बयान सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाको अभियुक्तको बयान सकिएको छ ।

शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान भएसँगै सबैको बयान सकिएको हो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको थियो ।

अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार अब आइतबारबाट थुनछेक बहस हुने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *