सिटिजन्स बैंक र हिमालयन क्यापिटलबिच ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धक सम्बन्धी सम्झौता
काठमाण्डौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधि भएको १० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्नका लागी हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु. १ हजार दरका रु. ३ अर्ब रुपैया मात्र) रकम बराबरको ३०,००,००० कित्ता ऋणपत्र जारी गर्न लागेको हो ।
सम्झौतामा सिटिजन्स् बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् । उच्चतम प्रतिफल सहितको यस ऋणपत्रबाट दिर्घकालिन लगानीकर्ताहरु लाभांन्वित हुने विश्वास बैंकले लिएको छ ।