राप्रपा सांसद शाहीको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माओवादी सांसद सापकोटाले गरे माग
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आइतबारको संसदमा प्रस्तुत गरेको अभिव्यक्ती संसद रेकर्डबाट हटाउन माग गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै राप्रपा सांसद शाहीले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । प्रधानमन्त्रीको राजीनामा मागेपछि माओवादी सांसद सापकोटाले राप्रपा सांसदले संसदमा प्रधानमन्त्री प्रचण्डलाई दिएको अभिव्यक्ति संसद रेकर्गबाट हटाउन माग गरेका हुन् ।
राप्रपा सांसद शाहीले प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा परेको रिटलाई लिएर बोलेका थिए ।
प्रधानमन्त्री प्रचण्डको बिरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित आदेश दिएको भन्दै अब युद्ध अपराध लागेको व्यक्तीले देशको प्रधानमन्त्रीको रुपमा बस्न नहुने भन्दै शाहीले प्रधानमन्त्री प्रचण्डको राजिनामा मागेका हुन् ।
‘

















